कर्णालीको नीति तथा कार्यक्रम जेठ २४ गते आउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने भएको छ ।

२८ अर्बको बजेट ल्याउने तयारीमा रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले अधिकांश पुराना योजना कार्यान्वयन गर्ने नीति ल्याइने बताए ।