ज्ञानेन्द्र शाह १७ गते जुम्लामा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुँदै

जुम्ला। पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लाको खलङ्गामा हुने अभिनन्दन कार्यक्रम सहभागी हुने भएका छन् । यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका हुन् ।

 

साथै, जुम्ला खलङ्गा बजारमा रहेको चन्दननाथ र भैरवनाथको दर्सन पछि नागरिक अभिनन्दन कार्यक्रम हुने उनले बताए । उक्त कार्यक्रममा स्वतन्त्र नागरिकहरु उपस्थित हुन पाउनेछन् । ‘राजा कुनै दल, कुनै पार्टी, कुनै व्यक्तिको हुँदैनन्, राजा सबैको साझा हुन्छन् ।’ उनले भनेका छन् । साझा राजालाई सबैले सहयोग गर्न शाहीले अपिल गरेका छन् ।