जुम्लामा नेपाल औषधि व्यवसायी संघको शाखा स्थापना

सुर्खेत । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेश जुम्ला जिल्लामा शाखा स्थापना, घोषणा तथा नयाँ कार्यसमिति शनिवार (हिजो) चयन भएको छ ।

औषधि व्यवसायीहरुको हक र हित स्थापित गर्न औषधि व्यवसायीहरुलाई संगठित गरेर संघ मार्फत सहजीकरण गर्न शाखा स्थापना गरिएको हो ।

नेपाल औषधि व्यवसायी संघ जुम्ला शाखाका उपाध्यक्ष पृथ्वीनाथ योगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका केन्द्रीय सदस्य कृष्ण बहादुर रोकायाको प्रमुख आथित्यता रहेको थियो ।

कर्णाली प्रदेशका ५ ओटा जिल्ला बाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको सुर्खेत जिल्लाका निः वर्तमान अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए । यस्तै कर्णाली प्रदेशको प्रदेश अधिवेशन अब छिटै हुने भण्डारीले बताए ।