बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए ।
ए.के. सञ्चार । ३० श्रावण २०७८, शनिबार १७:१७