सुन भाउ तोलामा ९ सय रुपैयाँले बढ्याे

काठमाण्डौ । सुन भाउ फेरि बढ्याे ।  आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ७ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा पुगेको छ ।