सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस सल्यानको कपुरकोट गाउँपालिका ३ मूलपानी भन्ने स्थानमा शुक्रबार (आज) दुर्घटना भएको हो ।

दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस सडकको  भित्तामा  ठोक्किएर दुर्घटना भएको  सल्यान प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए ।