देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा

काठमाण्डौ । नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ७७ जिल्लाका ६ सय ८२ पालिकामा फोर जी विस्तारको काम सकिएको र बाँकी रहेका ७१ पालिकामा पनि काम भइरहेको टेलिकमले जनाएको छ ।

४ हजार १ सय ८६ वटा संरचना निर्माण गर्नुपर्नेमा ३ हजार ५ सय ४४ वटा संरचनाबाट फोर जी अनएअर भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी जानकारी दिए ।

यस्तै टेलिकमले गएको जेठदेखि सुरु भएको फोरजी भीओएलटीई सेवाको परीक्षण पनि तीव्र गतिमा भइरहेको जनाएको छ । इन्टरनेट विना नै भिडिओ कल गर्ने सुविधाका साथै आवाजको गुणस्तर सुधार्न टेलिकमले भीओएलटीई प्रविधि ल्याएको हो ।