केही दिन मनसुन निष्क्रिय रहने

काठमाण्डाै । अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।
राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।