घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

सुर्खेत । आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्यमा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । यता, शुक्ररबार चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।