ब्रिटनी स्पेयर्सले पिताबाट पाइन् छुटकारा

एजेन्सी । चर्चित अमेरिकी पप गायिका ब्रिटनी स्पेयर्स लामो समयदेखि पिता जेमी स्पेयर्ससँग ‘कन्जरभेटरशिप’ मामिलाको विषयमा चर्चामा छिन् । अब यो मामिलामा ब्रिटनीले ‘कन्जरभेटरशीप’ बाट छुटकारा पाएकी छिन् । सर्वोच्च अदालतकी न्यायाधिवक्ता ब्रेन्डा पेनीले बुधबार ब्रिटनीका पिता जेमीको ‘कन्जरभेटरशीप’ समाप्त गरेकी छिन् । यसमार्फत् उनी वर्षौंदेखि गायिकाको जीवन र उनको पैसामाथि नियन्त्रण गरिरहेका थिए ।

जेमीलाई सन् २००८ मा ब्रिटनीको कन्जरवेटरको रुपमा नियुक्त गरिएको थियोः

ब्रिटनीका पिता जेमीको सन् २००८ देखि गायिकाको नीजि जीवनदेखि उनको पैसामाथि कानूनी अधिकार थियो । ब्रिटनी लागू औषध सेवन, कुटपिट गर्ने कारण उनका पितालाई सन् २००८ मा कन्जरभेटरको रुपमा नियुक्त गरिएको थियो ।

त्यसलगत्तै देखि ब्रिटनी र उनका पिताबीच विवाद सुरु भएको थियो । जेमीले उक्त अधिकार पाएपछि गायिकाको जीवनदेखि उनको पैसासम्मको सबै निर्णय आफैंले लिइरहेका थिए । ब्रिटनीले कानूनी लडाईं लडिन् किनभने उनी आफूमाथि पिताको संरक्षण समाप्त गर्न चाहन्छिन् ।

जेमी आफैंले संरक्षण अधिकार खारेज गरिदिन भनेका थिएः

केही दिन अघिमात्रै जेमी स्पेयर्सले एक अदालतमा आफ्नी छोरीको १३ वर्षको संरक्षण अधिकार पूर्ण रुपमा खारेज गरिदिन याचिका दर्ता गरेका थिए । यसअघि यो मामिलामा अदालतमा २९ सेप्टेम्बरमा सुनुवाई हुन लागेको थियो जसमा जेमीले ब्रिटनीको सम्पत्तिको संरक्षकको रुपमा आफ्नो पद छोड्नुपर्ने थियो ।

तर यो सुनुवाई अघि नै जेमीले याचिका दायर गरेका थिए । जेमी यो प्रक्रियालाई छोट्याउन र यो संरक्षणलाई पूर्ण रुपमा रद्द गर्न चाहन्थे । १३ वर्षको ‘कन्जरभेटरशीप’ समाप्त भएपछि अब ब्रिटनी आफ्नो सम्पत्ति, उनको स्वास्थ्य र उनको जीवनसँग सम्बन्धित सबै निर्णय आफैंले लिन पाउनेछिन् ।

वर्षको अन्त्यसम्म कन्जरभेटरशिपलाई पूर्ण रुपमा खारेज गर्ने आशाः न्यायाधीश बे्रन्डा

यो मामिलामा न्यायाधीस ब्रेन्डा पेनीले भनिन्, ‘जेमी स्पेयर्सलाई तत्कार प्रभावबाट कन्जरभेटरको रुपमा निलम्बित गरियो र गायिकाको हितमा एक अस्थायी संरक्षक राखिएको छ । ’उनका अनुसार वर्षको अन्त्यसम्म कन्जरभेटरशिप पूर्ण रुपमा समाप्त हुने आशा गरिएको छ ।

ब्रिटनी आफ्ना पिताबाट स्वतन्त्र भइसकेकी छिन् र कोर्टका मुद्दा–मामिलाबाट पनि यसै हप्ता स्वतन्त्र हुनेछिन् । अदालतले कन्टरभेटरशिपको व्यवस्थाले एक असाध्यै नकारात्मक वातावारण दर्साउने भएकोले जेमी स्पियर्सलाई यसबाट निलम्बित गरिएको बताएको छ ।

ब्रिटनी स्पेयर्सले पितालाई हटाउनका लागि महिनौं अघिदेखि गरिएको अनुरोधको बल्ल निर्णय आएको हो । न्यायाधीशले दुबैको कुरा सुनेपछि भनिन्, ‘हालको स्थिति अस्थिर छ । यसले एउटा नकारात्मक वातावरण दर्साउँछ । त्यसैले जेमी स्पियर्सको कन्जरभेटरशिप नष्ट हुन अति आवश्यक छ । ’