भाइटिकाकाे उत्तम साइत कति बजे ? (सूचीसहित)

काठमाडौँ । भाइटिकाकाे उत्तम साइत कात्तिक २० गते शनिबार बिहान ११:०२ बजे रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।