दैलेखको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित

  ।   २ भाद्र २०७९, बिहीबार ०९:५२

दैलेख । दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।दुल्लुमा रहेको रामपुर कृषि क्याम्पस चितवनको आङ्गिक क्याम्पस सिएनआरएममा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरूले ‘बिना पानी कृषिमा लगानी, छैन पानी बत्तीको निकास, छैन पूर्वाधारमा विकास, छैन कलेजको घेरवार, पाइँदैन हाम्रो शिक्षासँग गर्न खेलबाड, कृषिको लक्ष्य, छैन प्रयोगात्मक पक्ष’ जस्ता नारा लगाएका छन् ।यस्तै, ‘छैन कुनै घेरा छैन कुनै छेकबार देखिएन सिएनआरएम दुल्लुमा भविष्यको आधार’ नारा लगाएर विद्यार्थीहरू मङ्गलबार आन्दोलनमा उत्रिएका हुन् ।

उक्त विद्यालयमा विद्यार्थीहरूले खानेपानीको समस्या, भौतिक पूर्वाधार, कृषि ल्याबको अभाव, खेल मैदानको अभाव भएकोले क्याम्पसले यसको तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

विद्यार्थीहरूले तत्काल क्याम्पस प्रमुख ल्याउनु पर्ने, बत्तीको समस्या तत्काल समाधान गर्नुपर्ने, एक महिनामा पढाई हुने विषयवस्तु एकै दिनमा पढाउने गरेको, शिक्षकहरूको अभाव भएको र कृषिका विद्यार्थीका लागि प्रयोगात्मक शिक्षाका लागि प्रयोगशालाको व्यवस्थापन नभएकोले लगायतका विषयमा तत्काल व्यवस्थापन गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

दुल्लु नगरपालिका दैलेखले उक्त कृषि क्याम्पस पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि सम्बन्धी प्राविधिक उत्पादन गर्ने भन्दै ल्याएको थियो । कृषि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरूले हाल कक्षा छोड्नसमेत थालेका छन् ।नयाँ भर्ना भएका ५४ जना विद्यार्थीहरूमा हाल ३१ जना मात्रै विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त क्याम्पसमा विद्यालय संयोजकमा रूपमा दिनेश मरासिनी रहेका छन् ।

Next Post

आजको विदेशी मुद्रा बिक्री विनिमयदर

२ भाद्र २०७९, बिहीबार ०९:५२
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ […]