कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेशको अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेशको अधिवेशन सुरु हुँदैछ । पालिका र जिल्लाको अधिवेशन सम्पन्न भएपछि आजदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन हुन लागेको हो ।

प्रदेश अधिवेशनको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ । प्रदेश अधिवेशनको उदघाटन भएपनि शुक्रबारदेखि मात्रै चुनावी प्रक्रिया सुरु हुनेछ ।

सातै प्रदेशको अधिवेशन अन्तर्गत प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा हुँदै छ । यस्तै वाग्मती प्रदेशको हटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।