दैलेखका नरेशले आफ्नै घरमा लगाए आगो

सुर्खेत । दैलेखको भैरबी गाउँपालिका–४ बस्ने नरेश वि.कले आफ्नो घरमा आफै आगो लगाएका छन् । नरेशले शनिबार साझ साढे ७ बजेको समयमा आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार भैरवी गाउँपालिका–४ रिङगाटेमा रहेको आफ्नै २ तले ३ कोठे कच्चि घरमा आगो लगाएका हुन् । प्रहरी चौकी भैरवीबाट खटिएको प्रहरीटोली र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घरमा आगो लगाएको खबर स्थानियले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोलि घटना स्थलमा खटिएको थियो । ईलाका प्रहरी कार्यलय दुल्लुका अनुसार स्थानीय र प्रहरी चौकी भैरवीले आयो नियन्त्रणमा लिएपछि घरमा के कति क्षती भएको छ भनेर खोज्दै जादा अन्दाजी ४५ वर्षीय घर धनि नरेश विक जलेको अवस्थमामा भेटिएका छन् ।

नरेश घरको छानोले पुरि जलेर मृत अवस्थामा फेला परेपछि त्यहाँ रहेको प्रहरीले ईलाका प्रहरी कार्यलय दुल्लुलाई खबर गरेको थियो । हाल थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।

यसअघि नरशको जेठी छोरी सुनिता विकले पुस १९ गते राती झुण्डिएर आत्म हत्या गरेकी थिइन् । ईलाका प्रहरी कार्यलय दुल्लुले नरेशको छोरीले आत्म हत्या गरेको पुस २० गते बिहान जानकारी पाएको थियो ।

प्रहरीका अनुसार नरेश भारतबाट भर्खरै घरमा आएका थिए। उनले लागूपदार्थ, मध्यपान, ध्रुमपान जस्ता सबै कुराहरु सेवन गर्ने र घरका सबैलाई झगडा गर्ने र डर धम्की दिने गर्ने गरेको प्रहरीको भनाई रहेको छ।

प्रहरीले आइतबार घरमा झगडा गरेपछि नरेश की श्रीमति गोमा वि।क, तीन वटा छोरी र एक छोरा घर भन्दा बाहिर गएका थिए। त्यसपछि उनले घरमा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।

नरेशको पुरै जलेको छ भने घर भित्र भएको सबै समान जलेर नष्ट भएको छ । प्रहरीले श्रीमति राम्रोसँग बोल्न नसेकेको र घर भित्र के कति सम्पत्ति थियो भन्ने एकिङ्ग हुन सकेको छैन् ।