वीरेन्द्रनगरमा तरुण दलका नेता गिरीमाथि गाेली प्रहार

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको छ । शनिबार बेलुका ९ बजे वीरेन्द्रनगरकाे कालागाउ देउती थान नजिकै सदस्य गिरीमाथि गाेली प्रहार भएको हाे ।

तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिए । अध्यक्ष विष्टले याेजना अनुरुप गाेलि हान्न खाेजिएकाे बताएका छन् ।
अध्यक्ष विष्टले सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलद्वारा परिचालित गुण्डाहरू रहेकाे आराेप लगाएका छन् । उनका अनुसार गाडिकाे सिसामा गाेलि लागेकाे बताएका छन् ।

उनले भने,` फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले नेपालगन्जदेखि गुण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गर्न लगाउनु भएको हाे ।,

यता, सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष कडेलले आफ्नाे कुनै संलग्नता नरहेको जानकारी दिए । उनले भने,` मान्छे समातिएकाे छ रे, मैले भन्दा पनि भाेलि अनुसन्धानबाट बाकी कुरा खुल्नेछ । विष्टले अत्यन्तै निराधार आराेप लगाउनु भएको छ । `

प्रहरीले एक माेटरसाईकल, एक थान पेस्तोल र सकास्पद दुई जनालाई प्रकाउ गरेकाे छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन् ।