मन्त्रालय भागबन्डामा सहमति नजुट्दा सरकार गठनमा सकस

सुर्खेत । कर्णालीमा प्रदेशमा नयाँ सरकार गठनमा सकस भएको छ । सत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागवण्डाको विषयमा सहमति जुट्न नसक्दा सरकार गठनमा सकस भएको हो ।

शर्माले मुख्यमन्त्री पदबाट राजीनामा दिएको चार दिनसम्म पनि नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया सुरु हुन सकेको छैन ।

नेकपा माओवादी र एमालेलेबीचमा मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा सरकार गठनमा समस्या परेको हो । मुख्यमन्त्री शर्माले सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीबाट राजीनामा दिएका शर्माले सभामुखसहित चार मन्त्रालय माओवादीले पाउनुपर्ने माग राख्दै आएका छन् । उक्त मागका कारण सत्ता साझेदार दल एमालेसँग सहमति जुट्न सकेको छ्रैन् । तर, नेकपा एमालले भने पहिला सरकार गठन गरेर मन्त्रालयको भागबण्डाको टुङ्गो लगाउने बताउदै आएको छ ।

एमालेले राखेको प्रस्तावमा भने माओवादी सहमत भएको छैन् । माओवादीले सभामुख पदको डिमाण्ड राख्दै आएको छ । यस डिमाण्डलाई एमालले अस्वीकार गर्दै आएको छ ।

माओवादीले सभामुखसहित चार मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिहं परियारले बताए । एमालले भने मुख्यमन्त्रीको नियुक्ति लिने वातावरण दिनु प¥यो त्यसपछि अरु सहमति गर्ने भन्ने कुरा छ सचेतक परियारले भने,‘हामीले पहिला सबै सहमति गरौ, त्यसपछि मात्रै नियुक्ति भन्ने भनाइ राखेका छौं । अब सरकारको नेतृत्व एमालेले गर्ने हो, माग सम्बोधन गरेर अगाडि बढ्ने दायित्व पनि एमालेको हो । कर्णालीको नेतृत्व पनि गर्न खोज्ने कञ्जुस्याईँ पनि गर्ने कसरी हुन्छ ? यदि सहमति गर्नु हुँदैन भने हामी सरकारको बाटो खुलाउने छौं । माओवादीले एमाललेलाई समर्थन पनि गर्ने छ । तर, सरकारमा नजाने हाम्रो यहि निर्णय हुने छ ।’

यता, एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले माओवादीले समर्थन नदिएका कारण सरकार गठनमा ढिलाई भएको बताएका छन् । ‘सभामुख हुँदैन, मन्त्रालय टुङ्गाएर जाउँ, दाबी पेस गरेर छलफल गरौ भनेको हो उनले भने,‘३, ४ दिन भइसक्यो, सात दिन नै लाग्ला जस्तो छ । माओवादीले दावी पेस भन्दा पहिला नै सबै टुङ्गाउनु पर्ने बताउदै आएको छ । राजीनामा दिदा पनि त सहमति भएको थियो । सरकारको नेतृत्व आलोपालो गर्ने, शर्माले अगाडि सारेका नीति कार्यक्रमलाई निरन्तता दिने । तर, केन्द्रको लडाइले हामीलाई दुख भयो । ’

चैत २१ गते शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते बेलुका ५ः५० भित्र समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।