राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू

काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत  पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।