एमाले सुर्खेतको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने

सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको छ । अध्यक्षमा आकांक्षी धेरै भएपछि सहमतिबाटै नेतृत्व छनोटका लागि प्रयास गरिएको थियो । तर सहमति हुन नसकेपछि प्यानल नै खडा गरेर निर्वाचनबाट नेतृत्व छनोट गर्न लागिएको हो ।

अध्यक्षमा डण्डि शर्मा र अमृत विसी निर्वाचनमा भिड्दै छन् । विसी वर्तमान पार्टी उपाध्यक्ष र शर्मा सचिवालय सदस्य हुन् । यस्तै पदाधिकारीहरुमा पनि निर्वाचन हुने देखिएको छ । उपाध्यक्षमा विसीको प्यानलबाट कुलमणि देवकोटा, सचिवमा कुविन्द्रकुमार केसीले उम्मेद्वारी दिने तयारी गरेका छन् ।

यस्तै, शर्माको प्यानलबाट भने उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना चुनावमा भिड्ने गरी अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट मत माग्न शुरु गरेका छन् । अध्यक्षमण्डलले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने गरी तयारी थालेको छ ।