कर्णालीमा नेपाली सेनाले ‘रन फर यूनिटी’ आयोजना गर्दै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ ।

लामाे दुरीकाे दाैड कर्णालीकाे पहिचान र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि श्री उत्तर पश्चिम पृतना हेडक्वाटर नेमारे ब्यारेकले फागुन १२ गते शनिवार एकताका लागि दौड प्रतियोगिता गर्ने भएको हो ।

करिव हजार भन्दा धेरै सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दुरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा ५ किलोमिटर, १० किलोमिटर र २१ किलोमिटर वीरेन्द्रनगरको खुल्ला मञ्चबाट दौड सुरु हुने श्री उत्तर पश्चिम पृतना हेडक्वाटरका पृतनापति कृष्णदेव भट्टले जानकारी दिएका छन् ।

५ किलोमिटर दौडमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार पाउने छन् भने, १० किलोमिटर दौडमा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । साथै २१ किलोमिटर दाैडमा प्रथम हुनेले ३५ हजार, दाेस्राे हुनेले २५ हजार र तेस्राे हुनेले १५ हजार नगद पुरस्कार र प्रमाणपत्र पाउने श्री उत्तर पश्चिम पृतना हेडक्वाटर नेमारे ब्यारेकका महासेनानी सुवास खड्का जनाए ।

खेलकुदको विकासमा टेवा पुरयान, विद्यार्थी तथा खेलाडीहरुलाई हौसला प्रदान गर्न, सैनिक सामाग्री तथा फाेटाे प्रदर्शनीबाट नेपाली सेनाकाे बारेमा बुझ्ने र सेनाकाे महत्त्व विषयमा जानकारी प्रदान गर्न र राष्ट्रियता, संस्कृती जर्गेना गर्ने माध्यमकाे रुपमा विकास गर्ने उद्देश्य उक्त प्रतियोगिता गर्न थालेकाे महासेनानी खड्काकाे भनाइ छ ।

साथै, ५ किलोमिटर पैदल यात्रामा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका भु.पू. सैनिकहरु, सकलदर्जा, गैरसरकारी संस्था तथा विभिन्न सामाजिक सेवामा अग्रसर ब्यक्तिहरु, स्थानीय र पत्रकारहरु दौडमा सहभागी हुन पाउनेछन् ।

यस्तै, ५ किलोमिटर दाैलमा कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

सबै दौडमा महिला पूरुषहरु छुटटाछुटटै प्रतिस्पर्धा हुनेछ। दौड प्रतियोगितको दिन वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा सेनाले कला केन्द्र, संकेत उपकरण, इन्जिनियरहरु उपकरण, आर्टिलरी उपकरण, प्रकाेप उपकरण, हतियार, प्रकृति संरक्षण सम्बन्धी विषयहरु, नेपाली सेनामा भर्ना प्रक्रिया सम्बन्धी र अन्य सम्बन्धित विविध विषयहरुकाे प्रदर्शनी गर्ने जनाइएको छ ।

प्रतियोगिताकाे फारम फागुन २ देखि १० गतेदेखि पाइनेछ । जसका लागि श्री नेपाली सेना सुपथ मुल्य क्याण्टिन मंगलगढी चोक, श्री कालीबहादुर गण कपासे ब्यारेक मुलगेट, श्री उत्तर पश्चिम प्रितना मुख्यालय निमारे मूलगेट र श्री नं.२ राजदल गण एयरपोर्ट ब्यारेक मुलगेटमा फारम वितरण हुनेछ ।