जाजरकोट । जाजरकोटमा स्वास्थ्य सेवा कार्यालयका १५ जना स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित भएका छन् ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।
जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
ए.के. सञ्चार । ९ माघ २०७८, आईतवार ११:४५