चलचित्र छायांकनका लागि अन्तरिक्ष स्टेशनमा पुगे अभिनेत्री र निर्देशक

काठमाडौं : रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ।​

पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउनेछन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ।

उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ ।