राष्ट्रिय आवश्यकता अनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको हो –प्रधानमन्त्री देउवा

काठमाडौं ।राष्ट्रिय आवश्यकता अनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई छ । सबल स्थानीय सरकार,समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गरेका छन् । उनले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको बताएका छन् । प्रधानमन्त्री देउवाले अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्याउन गठबन्धन बनेको धारणा राखेका थिए ।