ट्रयाक्टरबाट खसेर दाङमा एक जना किशोरको मृत्यु

  ।   १९ श्रावण २०७९, बिहीबार १०:४७

दाङ ।दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

Next Post

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

१९ श्रावण २०७९, बिहीबार १०:४७
नेपालगञ्ज। श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । बिहीबार बिहान ९ बजेर […]