पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।