राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शहिदपार्क सरसफाई

सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शहिदपार्क सरसफाई गरेका छन् ।

वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकाया लगाएतका अन्य मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाई गरिएको छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेत प्रशासनसँगको सहकार्यमा शनिबार बिहान शहिदपार्क परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबारदेखि तीन दिनसम्म दीपावलीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।