दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं ।दाङमा कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कारले रा ६ प ७३७९ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा स्थानीय अरुण चौधरी र सुरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको छ। दुर्घटनापछि प्रहरीले कारका चालकलाई पक्राउ गरेको छ।