बृद्वाश्रम र मानव सेवा आश्रममा पाेशाक र फलफुल वितरण

सुर्खेत ।कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसर पारेर मानव सेवा आश्रम र प्रशान्ति बृद्धाश्रममा पाेशाक तथा फलफुल वितरण गरेकाे छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीकाे उपस्थितिमा भएका कार्यक्रममा मानव सेवा आश्रम र बृद्धाश्रममा रहेका महिलाहरूलाई पाेशाक र फलफुल वितरण गरिएकाे थियाे । कार्यक्रममा मुख्यमन्त्री शाहीले नागरिककाे सुरक्षा राज्यकाे दायित्व भएकाे बताए ।

उनले बृद्धबृद्धा र सहारा विहिनहरूकाे संरक्षणमा सरकार लागेकाे बताए । `सहारा विहिनहरूका लागि छाना, नाना र खानाकाे जिम्मा सरकारले लिन्छ,´ मुख्यमन्त्री शाहीले भने, `राज्यले आफ्नाे जिम्मेवारी र दायित्व पूरा गर्छ ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रशान्ति बृद्वाश्रमलाई प्रदेशस्तरकाे संरचनामा रूपान्तरण गर्ने गरेर भाैतिक संरचना निर्माणमा सहयाेग गरिरहेकाे बताए ।

कार्यक्रममा प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतकाे उपस्थिति रहेकाे थियाे ।