सुर्खेत । कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
मन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपल्बध गराएको विवरण अनुसार मन्त्रीको सम्पत्तिमा २ वटा गोरू र १२ वटा बाख्रा रहेका छन् ।
यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४ मा ३५ वर्ग मिटर क्षेत्रफलमा एउटा घर रहेको र उक्त घर पुख्र्यौली सम्पत्ति रहेको विवरणमा देखाएका छन् ।
मन्त्री शाहीले आफूसँग तीन तोला सुन र दैनिक प्रयोग हुने कपडाको निजी व्यावसाय रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
ए.के. सञ्चार । २ चैत्र २०७८, बुधबार १०:४८