हुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री आज हुम्ला जिल्लामा आइपुगेको छ ।दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ ।३८ हजार मतपत्र बिहीबार जिल्लामा हेलिकप्टरमार्फत पुगेको भने बुधबार मतपेटिका लगायतका निर्वाचन सामाग्री पुगेको हो ।
८५ लिटरका १ सय २८ मतपेटिका समेत हिमाली जिल्ला हुम्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो ।जिल्लाको सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको छ ।
ए.के. सञ्चार । १५ बैशाख २०७९, बिहीबार १८:३४