मुगुका बालबालिकाको शिक्षामा पैरवी गर्दै जिएसएस

सुर्खेत।ग्रामिण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ । विषेशगरी उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ ।

संस्थाले विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र सिकाई सागग्री सहयोग पनि गर्दै आएको जिएसएस मुगुले जनाएको छ ।युनाईटेड मिसन टु मुगु क्लष्टरको आर्थिक सहयोग र संस्थाको सहजीकरणमा गाउँपालिकाका ३९ वटा विद्यालयमा करिब दुई करोड बराबरको सहयोग गरेको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनका अनुसार साथै गरिब विपन्न, असहाय, अपांगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै आईरहेको छ ।

स्थानीय तहका दलित, विपन्न परिवारका छोरीलाई उच्चशिक्षा, प्राविधिक तहसम्मको शिक्षा समेत दिँदै आएको छ । यो कार्यक्रमले जिल्लाका दुई दर्जनभन्दा बढी दलित छात्राले लाभ लिइरहेका छन् । संस्थाका अनुसार अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रमअन्तर्गत सोरुका लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न सीप प्रदान गरेको रावलको भनाइ छ ।

कार्यक्रमअन्तर्गत एक दर्जनभन्दा बढीले आर्यआर्जन, बंगुरपालन , सिलाई कटाई, खरायो पालन, कुखुरा र बाख्रा पालन गरी आयआर्जनमा फड्को मारेको युएमएन मुगुका कार्यालय प्रमुख तेजेन्द्र सिंजालीले बताए ।

सोरु गाउँपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा बसाई व्यवस्थापनको लागि कुसन, कारर्पेट, पिफर्म, बालमैत्री शिक्षा प्रदानको लागि ४० प्रकारका शैक्षिक सामग्री किताब राख्ने दराज, शौचालय भवन निर्माण लगायत काम गरेको संस्थाले जानकारी दिएको छ ।विकासका सन्र्दभमा राहत वितरण होस या जुनसुकै काम गर्न खोज्दा राजनीतिक हिसाबले गर्दा सेवा प्रवाहमा चुनौती भएको अध्यक्ष बलराम साहनीले बताए ।