जुम्लाको गोठिचौरमा काँग्रेसका बुढा निर्वाचित

जुम्ला। नेपाली कांग्रेसका दानबहादुर बुढा जुम्लाको गोठिचौर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेस अध्यक्षका उम्मेदवार दानबहादुर बुढाले १ हजार ७७५ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी एकिकृत समाजवादीका जनक थकालीले १ हजार ६०४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी १ हजार ५०३ मत सहित विजयी भएकी छन् । उनका प्रतिद्वन्धि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार राजकन्य बुढाले १ हजार २१४ मत पाउका छन् ।