आज संसदीय समिति बैठकमा सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’ हेरिदै

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिले आज सिलबन्दी रिपोर्ट हेर्दैछ। आफू निकट व्यापारीलाई फाइदा पुग्ने गरी कर दर निर्धारण गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि लागेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्ट आज हेर्न लागिएको हो।बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट प्रहरीले संसदीय विशेष छानबिन समितिलाई दिएको छ।

प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिइसकेको छ।समितिका एक सदस्यका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार ९आज० बिहान समितिको बैठकमा खोलिनेछ। समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो।बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन।