बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

सुर्खेत । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र बिरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ(आफनो कित्ताकाट गरेका छन् ।संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ–आफनो कित्ताकाट गरेका हुन् ।

   

भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थीत छन् । दुबैको बैठक जारी छ ।