बढ्यो संक्रमितको संख्या २ हजार ८ सय ९२ संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । बुधबार (आज) मात्रै २८ सय ९२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणबाट १८ सय ८९ जना र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ हजार ३ जना गरी २८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित बढे पनि सरकारले भने निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । बुधबार ४१ जनाको मृत्यु भएको छ । त्यसैगरी ३ हजार ५ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

५ लाख ९६ हजार १ सय ३२ जनालाई निको भएको छ भने ९ हजार १ सय १२ जनाको मृत्यु भइसकेको छ । हाल ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । १७ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी छ ।