आज प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची छ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

त्यस्तै आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो ।