काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् । वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ ।

 

लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका प्रेमकुमार श्रेष्ठले बताए । उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् । यसैैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।