मुगुमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु

मुगु । मुगुकाे गमगढी देखि साेरु गाउँपालिका तर्फ जाँदै गरेकाे बोलेरो जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्युु भएको छ भने चार जना घाइते भएका छन् ।

बुधबार गमगढीदेखि सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका हुन् ।

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु-६ कच्यागाउँ नजिककाे सडकबाट अन्दाजी १ सय तल खसेको जनाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते छन् ।

मृत्यु हुनेमा जिप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छिन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली हीरादिङ नेपाली र प्रेम नेपाली रहेकाे प्रहरी नायब उपरीक्षक थापाले बताए ।

घाइतेकाे उपचार मुगु जिल्ला अस्पतालमा भइरहेको र मन्जनेको अवस्था गम्भीर रहेकाे थापाले जानकारी दिए ।