पहिरोका कारण तुलसीपुरबाट सल्यान जाने/आउने सडक अवरुद्ध 

 सल्यान ।  दाङको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती खसेको पहिरोका कारण आवागमन अवरुद्ध भएको छ । गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन रोकिएको हो ।

अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।