राष्ट्रपति भण्डारीको पछिल्लो निर्णयले संविधानको गरिमामा आघात पुर्‍यो–नारायणकाजी श्रेष्ठ

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गरिमामा आघात पुर्‍याएको नेकपा (माओवादी केन्द्र) ले उल्लेख गरेको छ । प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गर्नु संविधानको उल्लंघन भएको निष्कर्ष पार्टीको रहेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्।

उनले ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गरिमालाई पालना नभए को आरोप लगाएका छन् । उनले संविधानको गरिमा विपरित अघि बढ्ने यस ढंगको परिकल्पना आफुहरुले नगरेको जिकिर गरेका छन् । भदौ २० मा प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भएर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो।दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेको समयसीमा भित्र पनि पारित नगरेकी हुन्।