आगाे नियन्त्रण गर्न गएका नेपाली सेनाका ४ जना घाइते

सुर्खेत । डोल्पामा डेढेलाे नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो देखि डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुलीभेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते ४ जना घाइते भएका हुन् ।

सामुदयिक वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

साेमबार दिउँसो देखि सुरु भएको आगाे नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका नेपाली सेनाका ४ जना आगो निभाउने क्रममा गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए ।

आगो नियन्त्रण गर्न गएका देवीदत्त गुल्मबाट गएका १६ जना मध्ये १२ जना सामान्य घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले बताए ।

उनका अनुसार घाइते ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका बताए । घाइतेहरुकाे उपचारका लागि सेनाकाे हेलिकप्टर द्वारा काठमाडौं लगिएको छ ।