कुञ्जुमा कुमाई छायाँनाथ नगरपालिकाको पहिलो महिला वडाध्यक्ष

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं ११ मा पहिलो महिला वडाध्यक्ष विजयी भएकी छिन् । नगरपालिकाको वडा नं ११ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट कुञ्जुमा कुमाई विजयी भएका हुन ।

विजयी वडाध्यक्ष कुमाईले ११९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तेज बहादुर बुढाले ११४ मत ल्याएका छन् ।