सुर्खेत । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफ्री कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दीपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागीय टिममा ट्रफ्रीलाई टुरको रुपमा लिने निर्णय गरेको थियो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडीको हितका लागि सबै भन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताए । शाहीले ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौं मा यसको सपना देख्न आग्रह गरे । नवौंमा खेलमार्फत नै कर्णालीलाई चिनाउन उनको आग्रह थियो ।
पहिलोपटक ट्रफी टुरको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका थिए ।
ए.के. सञ्चार । ११ आश्विन २०७९, मंगलवार २२:२८