दैलेखकाे बेलासपुर मन्दिरका घण्ट सडककाे खाेल्सामा

दैलेख । दैलेखकाे प्रसिद्ध बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडककाे खाेल्सामा भटिएकाे छ ।

बुधबार सडकमा काम गरिरहेका मजदुरहरुले घन्टहरु बेलासपुर बिजौरा सडकको खोल्सिमा फेला पारेका हुन् ।

दैलेख सदरमुकाम नजिकै रहेकाे मन्दिरका घण्टहरु चाेरी भएको तीन दिन मात्रै जानकारी पाएकाे बेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रबर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र शाहीले बताए ।
उनका अनुसार नयाँ मन्दिर बनाउदा पुरानो मन्दिरकाे घण्ट तानेर थुपारेर राखेकाे ठाउँबाट चाेरी भएको जनाए । घण्ट उगालेर बेच्ने नियतले मन्दिरकाे ५/७ सय मिटर पूर्वतिर एउटा खाेल्सामा लुकाएर राखेकाे रहिछ उनले भने,`सडकमा काम गर्ने कामदारले भेटाएर हामीलाई खबरवर गरेका हुन् । हामीले त्यहाँबाट जानकारी पाएकाे हाे । प्रहरीलाई निवेदन दिएर मुचुल्का गरेर सामान मन्दिरमा ल्याएर राख्ने छाैँ ।`

अध्यक्ष शाहीले घण्ट चाेरी हुनुमा मन्दिरका पुजारीकाे लापरबाही देखिएकाे अध्यक्ष शाहीकाे बताए । दैनिक पुजा जादाँ पुजारीले हेर्नू पर्ने हाे उनले भने,` घण्ट हराए तीन दिनपछि मात्रै हामीलाई थाहा पायौं ।`

यस्तै, पूर्वमन्त्री तथा राप्रपा पार्टी महासचिव कुन्तिकुमारी शाहीले दोषीलाई पत्ता लगाई कड़ा कार्बाही गर्न आग्रह गरेकि छन् । धार्मिक आस्था माथि खेलबाड भएछ शाहीले भनिन्,`याे कसले र किन गरेकाे हाे हामी प्रहरी प्रशासन राम्रोसँग छानबिन गर्न आग्रह गरेका छाैँ ।`