कार्यकतामुखि बजेट बनाएर देश कङ्गाल हुँदै :  पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इतिहासमा पहिलो पटक मन्त्री र पूर्वमन्त्रीहरुलाई भ्रष्टाचार मुद्दामा जेल हालिएको बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पूर्व मुख्यमन्त्री शाहीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार गर्नेहरुलाई जेलमा हालेको दाबी गरेका हन् ।

देशमा बढ्दै गएको भ्रष्टाचारलाई रोक्ने प्रयास गरेको उनले भने, ‘यो इतिहासको पहिलो घटना हो । उच्च तहका नेताहरुलाई राज्यको कानूनका दायरामा उभिएको पहिलो घटना हो । जनताले चाहेको पनि यहि हो ।’

पूर्व मुख्यमन्त्री शाहीले अहिलेको सरकारको दाहित्य सुशासनको अभियानलाई अगाडि लिएर जानुपर्ने बताए ।
देशमा विकास भएतापनि नयाँ मोडेलबाट विकास हुन् नसकेकोमा दुःख व्यक्त गरे । कर्णालीमा परम्परागत तरिकाबाट विकास गरेर कनिका छर्ने काम गरेको उनको भनाइ छ । कार्यकतामुखि बजेट बनाएर देश दिनप्रतिदिन कङ्गाल हुँदै गइरहेको उनले बताए ।

‘रातारात चरम भ्रष्टाचार गरेर धनी भएकाहरूलाई सरकारले कारबाही गरोस् भन्ने जनताको चाहना रहेको छ’, उनले भने, ‘उपलब्धिहरुको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती हो । अस्तित्वको अन्त्य नगरेमा जनताको अपेक्षा पूरा हुँदैन ।’