कर्णालीमा माओवादीका चार मन्त्रीले राजीनामा दिए

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री यामलाल कँडेल समक्ष मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका चार मन्त्रीले राजीनामा दिएकन हुन् ।

नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावत मन्त्री रहेका छन् ।

केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा उर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।
मन्त्री रावत, शाही र केसीले गत बैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए।