`ए.के सञ्चार´ चार वर्ष प्रवेश

ए.के सञ्चार मिडिया आज चाैथाे वर्षमा प्रवेश गरेको छ । वि.सं.२०७७ साल बैशाख ८ गते स्थापना भएको ए.के सञ्चार आजबाट तिन वर्ष पुरागरी चाैथाे वर्षमा प्रवेश गरेको हाे ।

यस अवसरमा हाम्रो मिडियाका तर्फबाट हाम्रा पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

डिजिटल मिडियाको इतिहासमा तीन वर्षको अवधि यहाँहरुले गर्नु भएको सहकार्यकाे आभारी छाैं । तर, तिन वर्षमा एउटा संस्था जन्माएर त्यसको पहिचान स्थापना गर्नु भने त्यति सजिलो छैन् ।

प्रिय हाम्रा पाठक र पत्रकारहरुको अमूल्य योगदानबाट हामीले बेग्लै पहिचान स्थापना गर्न सफल भएका छौं । यही पहिचानका कारण हामीमाथि नागरिकलाई थप सुसूचित बनाउन दायित्व थपिएको छ ।

अहिलेकाे डिजिटल मिडियाको भिडमा हामीे अझै विशिष्टिकृत हुँदै जाने प्रयासमा लागि परेका छाैं । हाम्रो प्रयासले आमनागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेछ भन्नेमा विश्वस्त छौं ।
हालकाे परिस्थिति अनुसार राजनीतिक परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि बदलिइरहन्छ ।

हिजोका दिनमा आमसञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिका लागि वकालत गर्ने कार्य गर्दथ्याे ।

तर आजको सञ्चारमाध्यम नागरिकको अधिकार, मुलुकको सामाजिक एवम् आर्थिक विकासका मुद्दाहरुमा केन्द्रित हुदै आएको छ । साथै, भ्रष्टाचार र अनियमितताविरुद्धको खबरदारीमा गर्दै आएकाे छ। यसका लागि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह अनिवार्य रहन्छ ।

त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान् छौं र सधैं रहिरहनेछौं । कसैप्रति आग्रह/पूर्वाग्रह राख्दैनौं । याे हाम्रो व्यावसायिक पत्रकारिताकाे मूल मन्त्र हो ।

अनलाइन पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ।

विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ ।

परम्परागत अन्य सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीता सस्तो र प्रभावकारी छ । विश्वमा छरिएर रहेका कुनैपनि ब्यक्ति अनलाईन पत्रीकाको पाठक हुनसक्छन् । जो अन्य परम्परागत मिडियामा सम्भव छैन् । सूचना सञ्जालमा छिरेर छोटो समयमै पाठकहरू खाेज्न सक्छन् ।

साथै, वार्षिकोत्सवको अवसरमा ए.के सञ्चार डटकमले लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा सक्रिय रहिहरने विश्वास दिलाउन चाहन्छु ।

ए.के सञ्चार मिडियाको दोस्रो वार्षिकोत्सवको यो सुखद अवसरमा आमपाठक, विज्ञापनदाता र शुभचिन्तकले दिनुभएको मायाकाे कदर गर्दछौं ।

भविष्यमा रचनात्मक सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । धन्यवाद!

अप्सरा विष्ट
अध्यक्ष