कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ ।

कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा आइतबार बिहानैदेखि बबई र हर्रेकाे बिच खोलामा रुख ढलेर करिब ६ वटा पोलको तारमा क्षति पुगेपछि विद्युतविहीन बनेको हो ।

बर्षातकाे समय र घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडेपनि आइतबार बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र मर्मतकाे काम भइरहेको प्राधिकरणले जानकारी दिएकाे छ ।

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित भएको छ ।

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा उद्योग, व्यवसाय, अस्पताल, बैंकलगायतका क्षेत्र प्रभावित भएका छन्