सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

सुर्खेत । सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम जेसीज सप्ताह–२०२४ सुरु भएको छ । महिला जेसीजले बिहीबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सिमा चन्दले महिला सशक्तिकरण र नेतृत्व विकासमा महिला जेसीजले खेल्ने भूमिकाको महत्त्व बारे प्रकाश पारिन्।

महिलाले समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमताको विकास गर्नु जरुरी रहेकाे चन्दले बताइन् । यसका लागि अवसर, शिक्षा र सीपमा पहुँच वृद्धि हुन आवश्यक रहेकाे उनकाे भनाइ छ ।

उनले महिला जेसीजले नेतृत्व तथा क्षमता विकासको कार्यक्रमहरुसँगै समाजमा परिवर्तनको महसुस गर्ने खालका कार्यक्रमहरु ल्याउने जानकारी दिइन् ।

संस्थापक अध्यक्ष चन्दले महिलाहरुको नेतृत्व र क्षमता बिकाससँगै समाजमा नेतृत्वदायी भूमिकामा महिलाहरुलाई पु¥याउन महिला जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।

साथै, उद्घाटन कार्यक्रममा सुर्खेत महिला जेसीज २०२४ का अध्यक्ष मीना गुरुङले सप्ताह कार्यक्रमकाे बारेमा प्रष्ट पारेकी थिइन् । अध्यक्ष गुरुङले बिगत लामो समयदेखि जेसीजले महिलाहरुकाे नेतृत्व र क्षमता बिकाससंगै सामाजिक सेवाको क्षेत्रमा योगदान पुराएकाे बताइन् ।

सप्ताहव्यापी कार्यक्रममा विभिन्न कार्यक्रम रखिएकाे छ । जसमा महिला जेसीजले असाेज ५ गते तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता, ६ गते वृद्वा आश्रममा भाेजन अर्पन, ७ गते आर्यघाट प्रतिक्षालय (भेरी) सरसफाइ, ८ गते प्रभाकारी भाषण कला तालिम, ९ गते कानूनी साक्षरत, १० गते मानसिक स्वास्थ सम्बन्धि सचेतना, ११ गते समझदारी सम्झौता  हस्तान्तरण कार्यक्रम र १२ गते नारी सम्मान, पुरस्कार वितरण समापन कार्यक्रम राखिएका छन् ।

प्रेस विज्ञप्ति