सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछाने र छवि बन्जाडे वीरगन्ज लगिँदै

काठमाडौं। सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल बन्जाडे पूर्वडीआईजी वीरगन्ज लैजाने तयारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रविलाई बुद्ध एयरको उडानमार्फत काठमाडौं हुँदै सिमरा पुर्‍याइने छ। त्यहाँबाट उनलाई वीरगन्ज लैजाने योजना छ।

छविलाल बन्जाडेलाई भने पोखराबाट स्थलमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको छ। पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार छविलाल सोमबार बिहान वीरगन्ज पुगेका छन्। उनीसँगै रामबहादुर खनाललाई पनि वीरगन्ज पठाइएको छ।

पर्सा प्रहरीका अनुसार आरोपीहरूमाथि बयान लिने प्रक्रिया आजै सुरु हुनेछ। बचत अपचलन प्रकरणमा अनुसन्धान तीव्र पार्दै प्रहरी टोलीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने योजना बनाएको छ।