सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्ला भेरीगंगा नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सर्वसम्मत निर्णयअनुसार नगर सभापतिमा प्रदीप (पठे) वली चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिमा उपसभापति दिपेन्द्र कुमार राना, सचिव झसेन्द्र प्रसाद चपाई, सहसचिव अर्जुन कृष्ण लामिछाने, र कोषाध्यक्ष पवित्रा बस्याल रहेका छन्। साथै, १३ सदस्यीय कार्यसमिति गठन भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत जिल्ला कार्यसमितिको तर्फबाट कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण भेरीगंगा नगरवासी, रास्वपा समर्थक आम नागरिकप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
यस अधिवेशनसँगै नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी ४१ जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै, पार्टीले उनीहरूको योगदानले रास्वपालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमबारे जानकारी दिँदै रास्वपा सुर्खेत जिल्ला सभापति रमेशकुमार सापकोटाले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

ए.के. सञ्चार । ४ फाल्गुन २०८१, आईतवार ००:५४